Skip to content

नेको इन्स्योरेन्सको नाफा १ करोड ७ लाख, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनीले १ करोड ७ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ६९ लाख ३० हजार रहेको थियो ।

यो अवधिमा कम्पनीको नाफामा गिरावट आएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र असोजमा आएको बाढीको असर कम्पनीको वित्तीय स्थितीमा देखिएको छ ।

पुस मसान्तसम्म कम्पनीले १ अर्ब १८ करोड ५४ लाख ४७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै गत आवको सोही अवधिमा १ अर्ब २० करोड १५ लाख ५१ हजार रहेको थियो ।

पुस मसान्तसम्म कम्पनीले ६९ करोड ६९ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६८ करोड ६६ लाख ५७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।

यो अवधिमा कम्पनी कुल आम्दानी १ अर्ब २ करोड ७१ लाख २७ हजार रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४ करोड ७० लाख १८ हजार रुपैयाँ रहेको थियो । कम्पनीको १ अर्ब १ करोड १७ लाख ३४ हजार रहेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४१ लाख १८ हजार रहेको थियो ।

कम्पनीले अभिकर्तालाई कमिशन बापत ३ करोड १० लाख १९ हजार दिएको छ । गत आवको सोही अवधिमा २ करोड १४ लाख ९३ हजार थियो । यो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.८० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ रहेको छ । २ अर्ब ६९ करोड १५ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७७ लाख १० हजार रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi