Skip to content

जेनजी आन्दोलनको मारमा निर्जीबन बीमा कम्पनीः पुस मसान्तसम्मको वित्तीय अवस्था ऋणात्मक, प्रभुको मात्रै नाफा बढ्यो

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, गत असोजमा आएको बाढी, यस्तै घटनाले अर्थतन्त्रमा परेको नकारात्मक असरको मारमा निर्जीबन बीमा कम्पनी परेमा छन् ।

जेनजी आन्दोलनमा भएको क्षतिपछि बीमा कम्पनीहरुले ठूलो रकम दाबी भुक्तानी गरेका छन् । जसले गर्दा कम्पनीहरु नोक्सानमा पुगेका छन् । गत आवको पुस मसान्तसम्म सञ्चालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ३५ करोड ८६ लाख ८६ हजार रुपैयाँ नाफामा रहेका थिए ।

चालु आवको सोही अवधिमा १४ निर्जीबन बीमा कम्पनी ४१ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यो हुनुको कारणलाई कम्पनीहरुले जेनजी आन्दोलन, जलवायु परिवर्तनले निम्त्याएको बाढी पहिरो तथा दैवी प्रकोपलाई लिएका छन् ।

१४ बीमा कम्पनीमा एउटा कम्पनी मात्रै नाफामा गएको छ । यस्तै ६ वटा कम्पनीको नाफा घटेको छ । यस्तै ५ वटा कम्पनी ऋणात्मक रहेका छन् । यस्तै गत आवको सोही अवधिमा १९ करोड ७५ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको द ओरियण्टल इन्स्योरेन्स १६ करोड २२ लाख ३४ हजार रुपैयाँ नाफामा रहेको छ ।

यस्तै नेशनल इन्स्योरेन्स गत आवको पुस मसान्तसम्म ३६ करोड ९८ लाख ६८ हजार ऋणात्मक रहेको थियो । चालु आवको सोही अवधिमा ६ करोड १० लाख १ हजार रुपैयाँ नाफा रहेको छ ।

निर्जीबन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार राष्ट्रिय बीमा कम्पनीको नाफा ६०.३४ प्रतिशतले घटेर १७ करोड ७२ लाख ६३ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४३.२९ प्रतिशत, हिमालयन एभरेष्टको ९०.१५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ८५.१८ प्रतिशत, नेको इन्स्योरेन्सको ९३.०९ प्रतिशत र नेपाल इन्स्योरेन्सको नाफा ९४.२४ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म प्रभु इन्स्योरेन्सको नाफा २.०१ प्रतिशतले बढेर १२ करोड २४ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ करोड ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi