Skip to content

प्रभु महालक्ष्मी लाइफको नाफा १३ करोड ३१ लाख

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १३ करोड ३१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.०७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १८ करोड २५ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी १३.३० प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ५ लाख ९२ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १५ अर्ब ८५ करोड ४ लाख ४० हजार रुपैयाँ रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३३‍‍.३१ प्रतिशतको छ ।

पुस मसान्तसम्म खुदबीमा शुल्क आर्जन २२.४७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको कुल खर्च १५.९४ प्रतिशतले ३ अर्ब २३ करोड ७४ लाख ३२ हजार रहेको छ । यो अवधिमा कम्पनीलेलाई २६ करोड ६१ लाख ३६ हजार रुपैयाँ कमिशन दिएको छ ।

५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११३.०२ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi