काठमाडौं । भर्खरै बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा तथा प्रतिसेयर आम्दानी (ईपीएस) घटेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्त २०८२ सम्मको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा र ईपीएस दुवैमा गिरावट आएको हो ।
समीक्षा अवधिमा कम्पनीले १३ करोड ७४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यसअनुसार कम्पनीको नाफा करिब २७.२४ प्रतिशतले घटेको छ ।
त्यसैगरी कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ १३ पैसाबाट घटेर १४ रुपैयाँ ४७ पैसामा सीमित भएको छ । सञ्चालन आम्दानी भने ४७ करोड ९० लाख २९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १.१० प्रतिशतले कम हो ।
सञ्चालन नाफा २७.६१ प्रतिशतले घटेर ३ करोड २९ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि वित्तीय खर्च भने घटेर १ करोड ६४ लाख ६५ हजार रुपैयाँमा झरेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको ४२४ रुपैयाँ १६ पैसाको तुलनामा सुधार देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्