काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरु मध्ये पाँच बीमा कम्पनीको नाफा घटेको छ । जसको कारण समग्र बीमा कम्पनीहरुको कै नाफा औसत ४.७२ प्रतिशतले घट्न पुगेको हो ।
गत आर्थिक वर्षमा ३ अर्ब ४८ करोड ८२ लाख १८ हजार रुपैयाँ नाफा कमाएका कम्पनीहरुले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ३ अर्ब ३२ करोड ३३ लाख ८५ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएका छन् ।
पुस समान्तसम्म आउँदा नेपाल लाईफ इन्स्योरेन्स, हिमालयन लाईफ इन्स्योरेन्स, मेटलाईफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाईफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा घटेको छ । यी कम्पनीहरुको नाफा क्रमशः २८.०३ प्रतिशत, ४५.०५ प्रतिशत, ८.५५ प्रतिशत, २७.०७ प्रतिशत र ५२.०२ प्रतिशत घटेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस आर्थिक वर्षसम्म आउँदा सबैभन्दा धेरै नाफा बढाउन सफल पहिलो कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन कम्पनी रहेको छ। यस कम्पनीको नाफा ५८.६३ प्रतिशत बढेको छ ।
यसैगरी, नाफा धेरै बढाउन सफल दोस्रो लाईफ इन्स्योरेन्स कम्पनी सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ। यस कम्पनीको नाफा गत आवको तुलनामा १९.२० प्रतिशत बढेको छ ।
यसैगरी, नाफामा सबैभन्दा राम्रो ग्रोथ गर्ने दोस्रो इन्स्योरेन्स कम्पनी रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले बढेको छ ।
यसैगरी, यस अवधिमा नेशनल लाईफ इन्स्योरेन्सको २.७५ प्रतिशत, सननेपाल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा १.११ प्रतिशत, आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको नाफा १.०४ प्रतशित र एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ५.२९ प्रतिशत नाफा घटेको छ।
पुस मसान्तमा सिटिजन लाईफको नाफा ०.२४ प्रतिशत र सूर्य ज्योति लाईफको २.९२ प्रतिशत नाफा बढेको छ ।







प्रतिक्रिया दिनुहोस्