बंगलादेशमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) बहुमततर्फ अगाडि देखिएको छ।उसको गठबन्धनले १७७ सिटमा निर्वाचन जितेको छ।
यसपटक बीएनपीको नेतृत्व तारिक रहमानले गरेका छन्। आमाको निधनपछि केहीमहिनामै उनले पार्टीको नेतृत्व समातेका थिए। चुनाव प्रचार र संगठनसँग सम्बन्धित सबै काम तारिककै निर्देशनमा चलेका थिए। अहिलेका नतिजाले उनको नेतृत्वमा बीएनपी सत्ता नजिकपुगेको देखिन्छ। पार्टीभित्र तारिकलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ।
आवामी सङ्गठन प्रतिस्पर्धाबाट बाहिर
यसपटक शेख हसिनाको नेतृत्वमा रहेको आवामी सङ्गठनलाई निर्वाचनमा सहभागी हुन नदिएको विपक्षीहरूले आरोप लगाएका छन्। आवामी सङ्गठन बाहिरिएपछि बीएनपीको मुख्य प्रतिस्पर्धी जमात–ए–इस्लामी बनेको थियो। निर्वाचन पछि प्रधानमन्त्री बन्ने भनिएका तारिक रहमान पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्रि खालिदा जियाका जेष्ठ छोरा हुन्।
सन्२००७ मा कार्यवाहक सरकारले पक्राउ गरेपछि उनले करिब अठार महिनासम्म जेल जीवन बिताए। रिहा भएपछि सन् २००८ मा परिवारसहितविदेश गए र करिब सत्र वर्ष त्यहीँ बसे। आमाको स्वास्थ्य बिग्रिएपछि उनी गत वर्ष देश फर्किएका थिए। त्यसपछि केही दिनमै खालिदा जियाको निधन भयो। पार्टीको स्थायी समितिले उनलाई यस वर्ष नै आधिकारिक अध्यक्षको रूपमा चयन गर्यो।
बीएनपीको विवरणअनुसार उनको जन्म २० नोभेम्बर १९६५ मा भएको उल्लेख छ। तर निर्वाचनका कागजातमा जन्म वर्ष १९६८ लेखिएको देखिन्छ।
वेबसाइटअनुसार उनले डाका विश्वविद्यालयमा पढाइ सुरु गरेका थिए तर पूरा गरे–नगरेको विवरण छैन। निर्वाचन आयोगलाई दिएकाकागजातमा उनले आफ्नो पढाइ उच्च माध्यमिकसम्म पुगेको उल्लेख गरेका छन्।
मुक्ति युद्धकालीन समयमा जियाउर रहमानको परिवार अन्य सैनिक परिवारसँगै नजरबन्दमा परेको इतिहास बीएनपीले बताउँदै आएको छ।
लामो समय विदेशमा बसेका तारिक अहिले पार्टीको नेतृत्वमा फर्किएपछि बीएनपी फेरि शक्तिशाली रूपमा उदाएको छ।
यदि अन्तिम नतिजा पनि अहिलेको जस्तै रह्यो भने तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढ्नेछ।











प्रतिक्रिया दिनुहोस्