काठमाडौं । ललितपुर जिल्ला कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति उक्त स्थानमा प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्काका साथै ट्रकमा रहेका सोही ठाउँका गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रकमा सवार अन्य २ जना पुरुषको उपचारका क्रममा पाटन अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्