Skip to content

होटल फरेष्ट इनको आईपीओ बाँडफाँट, ३ लाख ३२ हजार आवेदकले पाए १० कित्ता

nabil bank

काठमाडौं । होटल फरेष्ट इन कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले जनाएको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदनमा परेका कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरेको जनाएको छ । जसमा ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

आईपीओमा २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमा २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi