Skip to content

नेपालको जनसंख्या बराबर मोबाइल बैंकिङ प्रयोगकर्ता, कर्जा र निक्षेप खाता कति?

nabil bank

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा डिजिटल पहुँचको विस्तार तीव्र रूपमा भएको देखिएको छ। नेपाल राष्ट्र बैंकका  अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म देशभर मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब २ करोड ९० लाख पुगेको छ ।

मोबाइल बैंकिङ प्रयोग कर्ताको संख्या करिब नेपालको कुल जनसंख्यासँग बराबर पुग्न लागेको हो। बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको संख्या ६ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ। वाणिज्य बैंकहरूमा मात्र ५ करोड ३० लाखभन्दा बढी निक्षेप खाता सञ्चालनमा छन् ।

यसैगरी, चालु आर्थिक वर्षको कर्जा खाताको संख्या २० लाख २४ हजार २८० पुगेको छ। वाणिज्य बैंकहरूले करिब १६ लाख ७८ हजार कर्जा खाता सञ्चालन गरेका छन् भने बाँकी हिस्सा विकास बैंक र फाइनान्स कम्पनीहरूको रहेको छ।

यसैगरी, एटीएम कार्ड प्रयोगकर्ता करिब १ करोड ३९ लाख ९७ हजार पुगेका छन् भने इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३५ लाखभन्दा बढी रहेका छन्। शाखा सञ्जाल पनि विस्तार हुँदै गएको छ। देशभर ६ हजार ५११ शाखा सञ्चालनमा छन्, जसमा वाणिज्य बैंकहरूको संख्या सबैभन्दा बढी छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi