काठमाडौं । महालक्ष्मी विकास बैंकका चार शाखा कार्यालयहरू आपसमा समायोजन (मर्ज) हुने भएका छन्। बैंकले सूचनामार्फत २०८२ चैत १ गतेदेखि लागू हुने गरी विभिन्न शाखाहरू एक आपसमा गाभेर कारोबार सञ्चालन गरिने जनाएको हो।
बैंकका अनुसार शंखमूलस्थित सरदमुल शाखालाई नयाँ बानेश्वर शाखामा समायोजन गरिनेछ भने ललितपुरको सानोगाउँ शाखा ठमेल शाखामा गाभिनेछ। त्यसैगरी पोखराको नयाँबजार शाखा न्यू रोड पोखरा शाखामा समायोजन हुनेछ भने विजयपुर शाखा चिप्लेढुंगा शाखामा गाभिनेछ।
समायोजनपछि सम्बन्धित शाखाबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। शाखा समायोजनका कारण ग्राहकवर्ग, सेवाग्राही तथा सरोकारवालामा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।










प्रतिक्रिया दिनुहोस्