Skip to content

नेशनल लाईफले गर्यो मधेश प्रदेशका अभिकर्तालाई सम्मान

nabil bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी उत्कृष्ट प्रदर्शन गर्ने ७७ जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा मधेश प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। सो अवसरमा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो। साथै ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेता अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरिएको थियो।

त्यसैगरी, आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट अभिकर्ताहरुलाई विशेष पुरस्कारसहित सम्मान गरिएको कम्पनीले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्ता–मैत्री योजना अन्तर्गत वार्षिक रूपमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने बताए। उनका अनुसार सिइओ क्लब अवधारणाअन्तर्गत देशभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुनु योजना सफल भएको प्रमाण हो।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेका थिए। मधेश प्रदेशबाट उत्कृष्ट हुने अभिकर्तामध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव साझा गरेका थिए। सहभागी अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफ्नो मेहनतको कदर भएको अनुभूति भएको बताउँदै कम्पनीप्रति आभार व्यक्त गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi