काठमाडौं । काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर बजारमा सस्तो मूल्यमा किन्न लगानीकर्ताको उल्लेखनीय चाप देखिएको छ। तर सोही अनुपातमा बिक्री अर्डर नआउँदा कारोबारमा असन्तुलन देखिएको छ।
कम्पनीको सेयर मूल्य हाल ३०६ रुपैयाँमा कारोबार भइरहेको छ। आजको कारोबार ३०० रुपैयाँबाट खुलेको थियो। बजारमा ३१२।१० रुपैयाँसम्मको मूल्यमा ८ लाख ४४ हजार ९४४ कित्ता सेयर किन्न ४ हजार १८३ वटा अर्डर परेका छन्।
त्यसैगरी, ३१२ रुपैयाँमा ७७ हजार ४३९ कित्ता (५१६ अर्डर), ३११.९० रुपैयाँमा १ हजार ३२३ कित्ता (२२ अर्डर), ३११.८० रुपैयाँमा १७० कित्ता (१० अर्डर) र ३११.७० रुपैयाँमा ८४९ कित्ता (२१ अर्डर) सेयर खरिद माग देखिएको छ।
समग्रमा विभिन्न मूल्य तहमा गरी १० लाख ३८ हजार २०१ कित्ता सेयर खरिद माग रहेको छ। तर सोही अनुपातमा बिक्री अर्डर नआउँदा खरिदकर्ताको ओइरो लागेको देखिएको हो।
कम्पनीले बुकबिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताका लागि ९१२ रुपैयाँ र सर्वसाधारणका लागि ८२० रुपैयाँ ८० पैसामा सेयर निष्कासन गरेको थियो। हालको बजार मूल्य निष्कासन मूल्यभन्दा निकै कम रहेकाले लगानीकर्ताहरू सस्तो मूल्यमा सेयर संकलन गर्न सक्रिय देखिएका छन्।











प्रतिक्रिया दिनुहोस्