Skip to content

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ८.१६ अंकले घटेर परिसूचक २६६२.९१ बिन्दु कायम भएको छ ।

३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा वित्त, होटल, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा ८६ कम्पनीको मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ । कारोबारमा बुद्धभुमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीले पहिलो स्थानमा रहेको छ । कम्पनीको ६५ करोड ३ लाख २२ हजार १६३ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा आँखुखोला जलविद्युत कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi