काठमाडौं । आज रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको प्रि ओपनमा पहिलो कारोबार भएको छ ।
दुबै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्सको १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । सालपा विकास बैंकको ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर सूचीकृत भएको छ ।
नेप्सेले ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ । सोही रेञ्ज अनुसार दुई कम्पनीको पहिलो कारोबार भएको हो।
दुबै कम्पनीको सेयर फागुन १ गते नेप्सेमा सूचीकृत भएको छ ।










प्रतिक्रिया दिनुहोस्