Skip to content

अन्नपूर्णका किसानले बेचे करिब ४ करोडको सुन्तला

nabil bank

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब ४ करोड आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।

वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नं ३ दानामा २१ लाख, वडा नं ४ नारच्याङमा १० लाख, वडा नं ६ घारमा ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताए।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले २० लाखको सुन्तला बिक्री गरे ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi