Skip to content

पछिल्लो दशक विकासले असाधारण गति लियो, यो क्षेत्रमा कालोपत्रे नभएको सडक खोज्नुपर्छः अध्यक्ष ओली

nabil bank

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा अहिले कालोपत्रे नभएको सडक खोज्नु पर्ने अवस्थामा पुगेको बताएका छन् ।

आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरुसँगको अन्तकृया कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताए । अध्यक्ष ओलीले भने “पहिलो पटक यो क्षेत्रमा आफु चुनाव प्रचारमा हिड्दा गाडीमा नै कोदालो (फरुवा) बोकेर हिड्नु पर्नेथियो । पूर्वपश्चिम राजमार्ग बाहेक अन्यक्षेत्रमा कालोपत्रे सडक थिएन ।”

खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालोपत्रे सडक नभएको क्षेत्र खोज्दै हिड्नु परेको उनेको भनाइ छ । पछिल्लो २०७२ देखि ८२ सालको १० बर्षको समयमा नेपालमा असाधारण रुपमा बिकासले फड्को मारेको ओलीको दाबी छ ।

यो क्षेत्रमा भएको भौतिक बिकासले गर्दा अहिले दमक नगरपालिका भित्र मात्र लगभग ६ हजार भन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन् । नगरभित्रका प्राय सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ । जसले गर्दा नै यति धेरै सख्यमा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ । भने दैनिक प्रत्यक्ष रुपमा ६ हजार मजुर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको अध्यक्ष ओलीको भनाई छ ।

बिपन्न, न्युन आय आर्जन गर्ने मजदुर बर्गको हित र भोकमरीको अन्त्य गर्ने पक्षमा नेकपा एमाले लडिरहने अध्यक्ष ओलीको भनाइछ । नेपालको संविधानमा नै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अनिवार्य गरिएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भोकमरीको अन्त्य गर्ने चरणमा पुगेको बताए ।

आफ्नो नेतृत्वमा सरकार भएको अवस्थामा श्रमिकको हितका लागि यस्ता कानुनी ब्यवस्था गरिएको हो अध्यक्ष ओलीको दावी थियो । यसले दिनभरी काम गर्ने तर बिहान बेलुका खान नपाउने मजुदुर बर्गलाई प्राथमिकतामा राखेर नेकपा एमालेले नीति नियम तयार गरेको हो । जसका कारण अव कानुनी रुपमा नै भोकमरी विरुद्ध लड्न मजुरलाई मार्ग खुल्ला भएको छ ।
सिटी चालक मजदुरले सडकमा सवारी चलाउदा सामान्य ट्राफिक नियम जान्नु पर्ने बाध्यता छ । नत्र दुर्घटना भएर ठुलो क्षति हुने सम्भावित खतरालाई मध्यनजर गर्दै अध्यक्ष ओलीले लाइसेन्स लिने प्रकृया सहज गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए ।

एक जना सिटी चालकले ओलीसँग आफ्नो पीडा सुनाउदै भने “आफुले ९ बर्षदेखि बीना लाइसेन्स सिटी रिक्सा चलाई रहेको छु । लाइसेन्सको लागि पटक पटक यातायात कायर्कालय पुग्दा समेत कागजी झन्झटिलो प्रकृया देखाएर दिइएन । मेरो अरु रोजगार नभएकाले बिना लाइसेन्स नै सिटी चलाइरहेको छु । लाइसेन्स बिना नै सवारी साधन लचालाउनु मेरो जीवनको ठुलो जोखिम पनि हो ति मजदुरले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आफ्नो अध्यक्ष ओलीसँग भने ।

चालकको यस्तो गु्नो सुनेपछि अध्यक्ष ओलीले कुनै पनि कानुनी अड्को थापेर काम नरोक्न सम्बन्धित कार्यालयलाई निर्देशन समेत गरे । यातायातले लाइसेन्स नदिने तर बर्षौदेखि सवारी साधन जोखिम मोलेर चलाई रहनु पर्ने परिस्थितिको तत्काल अन्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा दमक जीफन्टका अध्यक्ष मेघनाथ सुवेदीले अहिले स्थानीय तह र यातायात कार्यालय बीचमा समन्वय नहुदा राजस्वमा एकरुपमा नभएको बताए । उनका अनुसार नगरपालिकाले प्रति सिटी बार्षिक कर ६ सय रुपमा लिएर दर्ता प्रकृया अघि बढाएको छ । तर यातायात कार्यालयबाट बार्षिक प्रति सिटी ६ हजार लिने गरेको बताए । उनले ब्लु बुक नविकरण, देखि राजस्व श्रमिकको बीमा ब्यवस्था समेत हुनुपर्ने माग अध्यक्ष ओली समक्ष राखे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi