Skip to content

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला, जफत गरी नष्ट

nabil bank
फाइल फोटो

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’ फेला परेको छ ।

नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका हो । सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

“हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले भने । उनले विगत १० वर्षदेखि भारतबाट पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको उल्लेख गर्दै भारतबाट अवैध रुपमा ल्याएको कुखुरा वा अण्डा नेपालमा ल्याउन निषेध गरिएको बताए ।

क्वारेन्टाइनको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप ‘अण्डा’ जफत गरी नष्ट गरेको जनाएको छ । सो टोलीले १५ क्यारेट बढी ‘अण्डा’ बरामत गरी नष्ट गरेको थियो ।

अनुगमन टोली बजारमा अनुगमनमा एक्कासि गएपछि पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीवेर विवाद समेत गरेका थिए । पशु सेवाविज्ञ केन्द्र, बाँकेका वरिष्ठ पशु चिकित्सक डा.गणेश पुनले अनुगमन गर्दा जानकारी दिए कमजोरी लुकाउने प्रयास हुने उल्लेख गरे । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा भएको सो बजार अनुगमन भएको थियो । मासु पसलको अनुगमनमा केही पसल बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा ख्याल नगरेको, नवीकरण नगरेको र बिलबिजक सही नराखेको पाइएको थियो ।

अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्मसमेतको निरीक्षण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi