Skip to content

देशको अस्तित्व जोगाउन, पुराना दलका सटर बन्द गर्न रवि लामिछानेको आग्रह

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको अस्तित्व जोगाउने समयमा सबै परिवर्तनको पक्षमा उभिन आव्हान गरेका छन् ।

धनगढीमा आयोजित परिवर्तन उद्घोष सभामा सम्बोधन गर्दै सभापति लामिछानेले सुदूरपश्चिमको मुद्धालाई माग बनाएर बर्षौं अल्झाउने कुरा अब बन्द हुने बताए ।

रास्वपाले जनताको माग गर्न पाँच बर्षको स्थायी सरकारको माग आफुहरुले गरेको बताउँदै आफुहरुले नागरिकसँग गरेको बाचा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने– ’यो देशमा चुनाव पहिले पनि भएको हो । धेरै पटक नेताले जिते तर यस पटक जनता जिताउने हो । देशको आकांक्षा पुरा गर्ने भनेर हामी आएका छौं । यस पटक मत नबाडनुहोला ।’

फागुन २१ गते इतिहास बनाउने बताएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi