काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै सेयर बजारमा हुने भित्री कारोबार र अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागु गर्ने जनाएको छ ।
यस्तै साना लगानीकर्ताको हितका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउने उल्लेख छ ।
साना तथा मझौला उद्योगका लागि छुट्टै एसएमई प्लेटफर्म विकास गरी बजारबाट पूँजी जुटाउन सक्षम बनाउँने उल्लेख छ ।
यस्तै धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडिएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउँने उल्लेख छ ।
विद्यालय तहदेखि नै सेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी विस्तार गर्ने योजना छ ।
हाल आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको जलविद्युत कम्पनीहरूको १० प्रतिशत अग्राधिकार सेयर खरिद गर्न सम्बन्धित विपन्न परिवारका लागि लाभांशबाट क्रमशः तिर्दै जानेगरी सहुलियतपूर्ण ऋणको नीतिगत व्यवस्था गर्ने उल्लेख छं ।
आयोजना निर्माणमा संलग्न नेपाली नागरिक श्रमिकहरूलाई पनि त्यस्तो सेयर खरिद गर्ने व्यवस्था र आर्थिक सहुलियत
प्रदान गर्ने योजना छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पुँजी बजारमा सहजै जोडने नीति कार्यान्वयन गर्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्