काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीबाट राजीनमा दिएका छन् ।
उनले पार्टीमा उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा पेश गरेको जानकारी गराएका छन् । उनले आर्थिक चलखेलका साथै पार्टी छोड्नुमा विभिन्न ७ कारण पेश गरेका छन् ।
जसमा उम्मेदवारी छनोटमा चलखेल, केन्द्रीय संचरना विस्तारमा अपारदर्शीता, विधान उल्लंघन र आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, नेतृत्वमाति नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ जस्ता विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन् ।
‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ’, उनले भनेका छन्, ‘गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदार बनाइएको छ ।’
उनी २०७९ मा काभ्रे–२ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले निर्वाचनमा काभ्रे– २ मा १० हजार ५७३ मत ल्याएका थिए ।











प्रतिक्रिया दिनुहोस्