Skip to content

रास्वपाको बाचापत्रः रेलमार्ग विस्तारमा ५० वर्षे गुरुयोजना बनाउने, नेपाललाई चीन र भारतका रेलसँग जोड्ने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बाचापत्रमा रेलमार्गलाई समावेश गरेको छ ।

रास्वपाले नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनको आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना बनाउने जनाएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइने उल्लेख छ ।

यस्तै पोखरा, काठमाण्डौ, दाङ, सुर्खेत र तराईका प्रमुख शहरहरुसम्म शाखा मार्गहरुसहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिने उल्लेख छ ।

यस्तै नेपालका प्रमुख शहरहरुमा मध्यकालमा विद्युतीय बस र पछि लामो दूरीको रेलमार्ग सञ्जालमा जोडिन ट्रयाम, हलुका रेल आदि समेटिने छ ।

मुआब्जा वितरणमा रहेका कानुनी जटिलतालाई समाधान गर्दै, आवश्यक जनशक्ति उत्पादन गर्दै निर्माणाधीन रेलमार्गलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi