Skip to content

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी

nabil bank

काठमाडौं । यामाहा नेपालले  फेब्रुअरी १४ मा ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।

कार्यक्रममा उत्साही यामाहा राइडरहरू सहभागी भई रमाइलो र सम्झनलायक यात्रा गरेका थिए ।  राइड यामाहा नक्साल शोरुमबाट सुरु भई जर्सिङपौवा तर्फ अगाडि बढेको थियो । कार्यक्रममा यामाहा एमटी–१५ र आर १५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो । नेपालमा बढ्दै गएको यामाहा राइडिङ समुदायलाई झल्काएको थियो ।

कार्यक्रममा वर्षा बस्नेत आर–१५ को १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर, कार्यक्रममा सहभागी भइन् । उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन् । साथै, नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता बनेका हरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।

कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले आफ्ना अनुभव सुनाए । उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिए । साथै, सहरका सडक, राजमार्ग तथा घुमाउरा मोडहरूमा मोटरसाइकल कसरी सुरक्षित र सही तरिकाले चलाउने भन्ने विषयमा व्यावहारिक सुझाव पनि दिएका थिए ।

जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरे । यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi