Skip to content

दलको घोषणापत्रमा सेयर बजार: भित्री कारोबार अन्त्य, बुक बिल्डिङ प्रक्रियामा सुधारदेखी लगानीकर्ताको मनोबल उकास्नेसम्म

nabil bank
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र अनुसार दलहरुले सेयर बजार देखिएको भित्री कारोबार (इन्साईडर ट्रेडिङ) लाई रोक्नेदेखी लगानीकर्ताको मनोबल उकास्नेसम्मका एजेन्डाहरू सार्वजनिक गरेका हुन् ।
दलहरूले पछिल्लो समय आईपीओ निष्कासन प्रणालीमा ल्याएको नयाँ प्रक्रिया बुक बिल्डिङ प्रक्रियामा सुधार लगायतका विषयहरू समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् । सेयर बजारमा सर्वसाधारण तथा निजी क्षेत्रको पहुँच विस्तार गर्ने दलहरूको प्रतिबद्धता छ ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउनु भन्दा पनि जोगाउने काम गर्दै आएको छ ।

आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले गरेको कारोडौको भित्री कारोबार, शिवम् सिमेन्टका तत्कालिन अध्यक्ष सुरेन्द्रकुमार गोयल लगायतले गरेको ६४ करोडको गैर कानूनी कारोबारलाई बोर्डले कारबाहीको दायरामा ल्याउनु भन्दा पनि संरक्षण गर्दै आएको छ ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा सेयर बजारमा हुने भित्री कारोबार र अस्वाभाविक चलखेल रोक्न अत्याधुनिक निगरानी प्रणाली लागु गर्ने भनिएको छ । यसैगरी, साना लगानीकर्ताको हितका लागि ‘लगानीकर्ता संरक्षण कोष’ लाई प्रभावकारी बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
दलले साना तथा मझौला उद्योगका लागि छुट्टै एसएमई प्लेटफर्म विकास गरी बजारबाट पुँजी जुटाउन सक्षम बनाउने उल्लेख छ । यसैगरी, धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडिएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्वस्तरीय बनाउने उल्लेख छ । विद्यालय तहदेखि नै सेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी विस्तार गर्ने योजना छ ।
हाल आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको जलविद्युत कम्पनीहरूको १० प्रतिशत अग्राधिकार सेयर खरिद गर्न सम्बन्धित विपन्न परिवारका लागि लाभांशबाट क्रमशः तिर्दै जानेगरी सहुलियतपूर्ण ऋणको नीतिगत व्यवस्था गर्ने उल्लेख छ ।
आयोजना निर्माणमा संलग्न नेपाली नागरिक श्रमिकहरूलाई पनि त्यस्तो सेयर खरिद गर्ने व्यवस्था र आर्थिक सहुलियत प्रदान गर्ने योजना छ । वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पुँजी बजारमा सहजै जोडने नीति कार्यान्वयन गर्ने भएको छ ।
नेकपा एमालेले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरेको घोषणापत्रमा पुँजी बजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लागि स्वपुँजी र दीर्घकालीन ऋण परिचालन गर्ने, सेयर लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन आफ्नो बाचापत्र सार्वजनिक गरेको छ। पार्टीले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने र पर्याप्त जनशक्ति तथा स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
बाचापत्र अनुसार, नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना छ। यसैगरी, पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन र डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ।
पार्टीले इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने र आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यसैगरी, बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने योजना अघि सारिएको छ । यस अन्तर्गत धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति र कार्यक्षमता अभिवृद्धि गर्ने तथा आवश्यक स्वायत्तता प्रदान गर्ने योजना बनाइएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना रहेको छ।
पार्टीले पुँजी बजार कर नीति स्थिर र लगानीमैत्री बनाउने साथै ऋण बजार र बन्ड बजारको विकासका लागि सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय गर्ने योजना ल्याएको छ। वर्षौंदेखि रोकिएको गैर(आवासीय नेपाली नागरिकलाई नेप्सेमा कारोबार गर्न सहज नीति लागू गरिने र वस्तु विनिमय बजार पनि यथाशीघ्र सञ्चालनमा ल्याइने पार्टीको प्रतिबद्धता रहेको छ।
विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरू विकास गरेर पुँजी बजारलाई आधुनिक र विविधीकृत बनाइनेछ। साना लगानीकर्ताको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिनेछ ।
रास्वपाले पुँजीबजारलाई केवल काठमाडौँ केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवालाई सहज पहुँच पुर्याउने र यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना तथा पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने योजना रहेको जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो घोषणापत्रमा पुँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाउने प्रतिबद्धता गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi