Skip to content

व्यापारघाटा १०.९१ प्रतिशतले बढ्योः सवा ११ खर्ब आयात हुँदा १ खर्ब ६८ अर्ब निर्यात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ भने १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँको निर्यात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा आयात १३.६५ प्रतिशत र निर्यात ३२.१९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड ८७ लाख रुपैयाँको आयात भएको थियो भने १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँको निर्यात भएको थियो ।

नेपालमा आयात भन्दा निर्यात कम हुँदा व्यापार घाटा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आवकोे सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रहेको थियो।
प्रतिनिधि सभा निर्वाचन नजिकिदै जाँदा नेपालमा आयात बढेको छ । चालु आवको ७ महिनाको अवधिलाई हेर्दा माघमा धेरै आयात भएको छ ।

भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ रहेको छ भने आयात तथा निर्यातको अनुपात ६.६८ प्रतिशत रहेको छ । निर्यातको हिस्सा १३.०२ प्रतिशत हुँदा आयातको हिस्सा भने ८६.९८ प्रतिशत रहेको छ । यी दुवैको हिस्सा बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi