काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आगामी प्रतिनीधि सभा निर्वाचनपछि मात्रै सुरु हुने भएको छ। निर्वाचन फागुन २१ गते निर्धारित छ। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ फागुन २२ गतेका लागि तोकिएको हो ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धमा आदेश जारी गरेको छ। अधिवक्ता सन्तोष भण्डारी लगायतले राष्ट्रपतिको कार्यालय शीतल निवासलगायतबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आज बसेको संवैधानिक इजलासले पुस १९ गतेभित्र सक्कल कागजात पेश गरेर २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने आदेश जारी गरेको हो । अधिवक्ता भण्डारीका अनुसार निरन्तर सुनुवाइ हुनुपर्छ भन्ने उनीहरुको माग अनुसार नै आदेश जारी भएको छ ।
इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ ।










प्रतिक्रिया दिनुहोस्