काठमाडौं । आईतबार सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ३७५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।










प्रतिक्रिया दिनुहोस्