Skip to content

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो

nabil bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

आज सेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

आज सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस बैंकको सेयरमूल्य यस दिन ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi