काठमाडौं । सुपर खुदी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेर फागुन ५ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा आजसम्म माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँको ३१ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमध्ये १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख ५५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । यस्तै ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष, ३१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । यस्तै प्रतिकित्ता सय रुपैयाँका दरले १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।











प्रतिक्रिया दिनुहोस्