काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमाले मात्र रहेको बताएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उनले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने बताए । देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै विचमा रहेको बचाए ।
देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए । उनले जनताका विचमा गएर काम गर्ने, देशलाई समृद्धीको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धी गर्ने पार्टी कुन हो नेपाली जनताले चिनि सकेको समेत बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं। ५ बाट उम्मेद्वार रहेका छन् । अध्यक्ष ओलीको गृहनगरबाटनै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।










प्रतिक्रिया दिनुहोस्