Skip to content

दिल्लीका लागि उडेको विमान झारखण्डमा दुर्घटना, ७ जनाको मृत्यु

nabil bank

काठमाडौं । भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

उक्त विमानमा बिरामी, चिकित्सक र चालकदलसहित रहेको बताइएको छ । विमान राँचीबाट बिरामी लिएर सोमबार दिल्लीका लागि उडेको थियो । विमान सोमबार साँझ ७ः१० बजे उडेको थियो । ७ः३४ बजे कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो ।

राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार सिमरिया नजिक दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विमानमा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, बिरामी सञ्जय कुमार, उनकी पत्नी अर्चना देवी, सहयोगी धुरु कुमार, डा. विकास कुमार गुप्ता र प्यारामेडिकल कर्मचारी सचिन कुमार मिश्रा रहेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi