Skip to content

एमाले अध्यक्ष ओलीलाई सिङ्गो गाउँ नै उपहार, ४५० मतदातामध्ये ४०० जना एमाले प्रवेश

nabil bank

गौरीगञ्ज । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँ नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् ।

बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज– ४ को बारसुदी टोल पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गर्दै उनीहरुले अब यो गाउँ नै एमाले र ओलीलाई जिम्मा लगाएको बताए ।

गाउँमा रहेका ४५० मतदाता मध्ये ४ सय जना एमाले प्रवेश गरेका छन् । बाँकी ५० जना अघि नै एमाले प्रवेश गरेका थिए ।

एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोहि पनि मतदाताले अब सुर्य बाहेक अन्यत्र मतदान नगर्ने र सबै एमालेको बिजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाए । उनले भने, ‘अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्मा भयो ।’

ठुला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ । कृषि उपजलाई बजार सम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरि साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए ।

आगामी प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र–५ का उम्मेद्वार रहेका एमाले अध्यक्ष ओली केहि दिन यता आफ्‌नै गृहक्षेत्रमा व्यस्त रहेका छन् । ओली २०४८ सालको निर्वाचन देखिनै यहि निर्वाचन क्षेत्रबाट बिजयी हुँदै र्आका छन् ।

झापा क्षेत्र–५ मा कमल गाउँपालिकाका सबै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका १० वटै वडा पर्दछन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३ सय १९ मत प्राप्त गर्नु भएको थियो ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए । यस पटक सो संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ । अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi