Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार, ४ अर्ब ४५ करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.३० अंकले बढेर परिसूचक २६४८.९० बिन्दु कायम भएको छ ।

३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने १५७ कम्पनीको मूल्य बढेको छ ।

कारोबारमा वित्त समूह, ट्रेडिङ समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । कारोबारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको २८ करोड ६९ लाख १९ हजार २७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र एसवाई प्यानल रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi