दमक । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर बढेको छ ।
झापाको क्षेत्र–५ स्थित दमक ४ बाट ३ सय ५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।
बुधबार धरधरे टोलमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।
विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उनी बाहेक अरुले विकासको अगुवाई गर्ने नसक्ने ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरुले बताए ।
यसअघि समेत रास्वपाका क्षेत्रीय नेताहरु सहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन् । आगामी फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्