काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने यातायात व्यवस्था कार्यालय हेटौंडाका एक जना अधिकृत लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले छापा मारेको थियो ।
उनीहरुले सवारी सरुवा सहमति गरिदिने भन्दै ११ हजार ५०० रुपैयाँ घुस लिएको पाइएको छ ।
उक्त रकम लिएको पुष्टि भएपछि मंगलबार यातायात व्यवस्था कार्यालय, हेटौंडाबाट दुवै जनालाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्