Skip to content

एशियन लाइफ इन्स्योरेन्सका सीईओको तलब भत्ता सवा करोड बढी, सञ्चालकले बुझे १४ लाख

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब भत्ता बापत १ करोड २९ लाख ४१ हजार ६७० रुपैयाँ भुक्तानी गरेको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सीईओको तलब, भत्ता बढेको छ । अघिल्लो आवमा १ करोड १९ लाख ९० हजार २१३ रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीले सीईओलाई तलब, भत्ता बापत ९३ लाख ६३ हजार २७५ रुपैयाँ भुक्तानी गरेको थियो । यस्तै बोेनस बापत २२ लाख २७ हजार ६५१ रुपैयाँ र अन्य शुल्क बापत १३ लाख ५० हजार ७४४ रुपैयाँ भुक्तानी गरेको छ ।
उक्त तलब भत्ताबापत राज्यलाई औषतमा ३९ प्रतिशत तिर्नुपर्छ ।

इन्स्योरेन्सले गत आवमा सञ्चालकलाई भत्ता बापत १३ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले प्रति बैठक भत्ता अध्यक्षलाई १४ हजार र सञ्चालकलाई १२ हजार दिने गरेको छ ।

कम्पनीको अध्यक्षमा दिपक कुमार श्रेष्ठ रहेका छन् भने सञ्चालकमा सुशान्त चाचान, अच्युत राज सापकोटा, सौरभ रुंगटा, शिला राजभण्डारी र स्वतन्त्र सञ्चालकमा हेम बहादुर कार्की रहेका छन् । कम्पनीको सीईओमा दिनेश लाल श्रेष्ठ रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi