Skip to content

नवलपरासी पश्चिम सुस्तामा चौधरी ग्रुपले मल कारखाना स्थापना गर्दै, निर्माण कार्य तिब्र

nabil bank

काठमाडौं । नवलपरासी पश्चिम सुस्ता–३, श्रीनगरमा मल कारखाना स्थापना हुने भएको छ ।

चौधरी ग्रुपले केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने उद्देश्यले खरिद गरेको जग्गामा अब मल कारखाना स्थापना गर्न लागिएको हो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै आफ्नो पालिकामा मल कारखाना खुल्न लागेको जानकारी दिए ।

सुरुमा उक्त स्थानमा केरा चिप्स फ्याक्ट्री स्थापना गर्ने लक्ष्यसहित जग्गा खरिद गरिएको थियो । तर त्यहाँ उत्पादन हुने केराको गुणस्तर कमजोर रहेको कारण चिप्स फ्याक्ट्री सञ्चालन गर्न उपयुक्त नभएपछि उक्त जग्गालाई कृषि सम्बन्धी उद्योग स्थापनामै प्रयोग गर्ने निर्णय गरिएको हो ।

पालिका प्रमुख उपाध्यायका अनुसार, पहिले केरा चिप्स उद्योग स्थापना गर्ने भनिएको सोही जग्गामा मल कारखाना स्थापनाका लागि पालिकाबाट आवश्यक प्रक्रिया पूरा भइसकेको छ र सरकारका सम्बन्धित निकायबाट समेत स्वीकृति लिइसकिएको छ।

यसै सन्दर्भमा पालिका प्रमुख उपाध्यायले फेसबुकमा लेख्नुभएको छ— केरा चिप्स फ्याक्ट्रीका लागि खरिद गरिएको जग्गामा मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ। चुनावी घरदैलोका क्रममा हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी सुस्तामा पुग्दा हामीले त्यहाँ भइरहेको कामको अवलोकन गर्ने अवसर पायौँ। सो स्थानमा छिट्टै मल कारखाना स्थापना हुँदै गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ। नवलपरासीका किसानहरूले लामो समयदेखि भोग्दै आएको मलको अभाव पूर्ति गर्न यो पहलले सार्थक परिणाम ल्याउनेछ भन्ने मेरो विश्वास छ।” उपाध्यायका अनुसार हाल मल कारखाना निर्माणको काम धमाधम भैरहेको छ ।

यस निर्माणाधीन मल कारखानामा रासायनिक मल, जैविक मल तथा अन्य कृषिजन्य उत्पादनहरूको औद्योगिक उत्पादन गर्ने योजना छ । प्रारम्भिक चरणमै जिंक सल्फेट मोनोहाइड्रेट उत्पादन गर्ने अत्याधुनिक रासायनिक मल उद्योग निर्माण कार्य सुरु भइसकेको छ । उक्त उद्योगको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । जिंकयुक्त मलले माटोमा देखिने सूक्ष्म पोषक तत्वको कमी सुधार गरी कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

पश्चिम नवलपरासीका अधिकांश नागरिकको जीविकोपार्जन कृषि क्षेत्रमा आधारित छ । विशेषगरी उखु, धान र अन्य बाली यस क्षेत्रको मुख्य कृषी उत्पादन हुन् । तर प्रत्येक वर्ष रासायनिक मलको अभाव, ढुवानी समस्या, महँगो मूल्य तथा आपूर्ति असन्तुलनका कारण किसानले ठूलो सास्ती भोग्दै आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi