काठमाडौं । नेपाली काँग्रेसका सभापति गगत कुमार थापाले कर्णालीको विकास गर्नका लागी बजेट कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सुर्खेतमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै थापाले यस्तो बताए ।
संविधानमा जेठ १५ गते बजेट ल्याउने र साउन १ गतेबाट कार्यान्वयमा जाने व्यवस्था रहेको छ । सभापति थापाले अब यो व्यवस्था परिवर्तन नगरी कर्णालीको विकास नहुने बताए ।
‘अघिल्लो आवको बजेट अर्को कात्तिकसम्म खर्च नगर्ने हो भने कर्णालीको विकास हुन सक्दैन’ उनले भने, ‘जेठ १५ मा बजेट आँउछ । साउनबाट बजेट कार्यान्वयनमा जान्छ । कर्णालीमा छिटै चिसो सुरु हुन्छ । हिउ पर्न थाल्छ । अनी कसरी समयमा नै बजेट कार्यान्वयन हुन्छ ।’
कर्णालीको विकासका लागि बजेट जुन वर्ष बजेट ल्याएको हो त्यो भन्दा अर्को बर्षको कात्तिकसम्म कार्यान्वयन गर्नुेपर्ने उनको भनाइ छ । यो काम गर्न संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
थापाले कर्णालीका लागि सरकारले छुट्याएको बजेट पनि विभिन्न कारणले गर्दा सबै कार्यान्वयनमा जान नसकेको गुनासो गरे ।
सभापति थापाले मार्सी चालम, स्याउ, यार्सा गुम्बा लगायतको गीत गाएर मात्रै बस्नु भन्दा त्यस्ता उत्पादनको बजारिकण गर्न आवश्यक रहेको बताए ।
उनले निर्वाचनको समयमा के बोल्ने, कसरी भाइरल हुने, सबैको ध्यान तान्न सकिने प्रचलन बोलेको उल्लेख गरे । उनले आफ्नो ध्यान चर्चामा आउन भन्दा पनि विकास निर्माणमा रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्