Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

nabil bank

काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवयासी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँले कारोबार भईरहेको छ । बुधबारको बजार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi