काठमाडौं । हिमालयन रियल्टर्स प्रालिलाई नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र प्राप्त भएको छ । प्रविधिमा आधारित चुस्त दुरुस्त घरजग्गा सम्बन्धी ब्रोकर सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको उक्त इजाजतपत्र अनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ । साथै, इजाजतपत्रमा तोकिएको शर्त अनुसार कम्पनीले जतिसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।
कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरेको छ ।
हिमालयन रियल्टर्स प्रालि आगामी दिनहरूमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ । योसँगै हिमालयन रियल्टर्स प्रालि घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजत प्राप्त गर्ने पहिलो कम्पनी समेत बनेको छ ।










प्रतिक्रिया दिनुहोस्