Skip to content

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छः उपसभापति भुषाल

nabil bank

सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताएकी छिन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । सभामा उपसभापति भुषालले कर्णालीको १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छिन् ।

कर्णाली धेरै उम्मेदवार भए पनि उनले ललितपुर क्षेत्र नं १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गरिन् । उपसभापति भुषालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबीसमेत गरिन् ।

कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुषालले पार्टीले घोषणा गरेका प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट चुनाव जिताउनुपर्ने बताइन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउने उनले बताइन् । उनले यहाँका नागरिकले आफ्नो मतदातबाट नेपाली कांग्रेसलाई रूखमा मतदान गरेर कांग्रेसलाई जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन् ।

उनले नेपाली कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु् बन्न खोजेको भन्दै उनले त्यहाँ नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरेकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi