काठमाडौं । रिज लाइन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको आज बाँडफाँड भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो । माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड भएको हो ।
आईपीओमा २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका थिए । जसमा २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको छ भने बाँकी बदर भएको छ । आईपीओमा सदर आवेदन मध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
आईपीओको नतिजा सेयर निष्कासन गर्ने कम्पनी, बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर तथा सिडिएससीको वेबसाइटमार्फत थाहा पाउन सकिने छ । कम्पनीले गत माघ २८ देखि फागुन ४ गतेसम्म ११ लाख ८० हजार २६० कित्ता सेयर निष्कासन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्