काठमाडौं । रिज लाइन इनर्जी कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को आज बाँडफाँड गरिने भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड गरिने छ ।
कम्पनिको माघ २८ देखि फागुन ४ गतेसम्म सेयर निष्कासन गरेको थियो । आईपअीमा आवेदन दिएकामध्ये १ लाख १८ हजार २६ लगानीकर्ताले १०–१० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीले ११ करोड ८० लाख २६ हजार रूपैयाँको ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन मागेको थियो ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।











प्रतिक्रिया दिनुहोस्