काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँको ९४ हजार कित्ता सेयर श्रम स्वीकृती लिएर विदेश गएका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्