Skip to content

एमाले महासचिव पोखरेलद्वारा ५ वर्षमा गर्ने ५ संकल्प सार्वजनिक

nabil bank

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा ५ वर्ष भित्र गर्ने ५ संकल्प सार्वजनिक गरेका छन् ।

उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका ५ क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज यहाँ सार्वजनिक गरे । उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरे ।

गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ ।

पोखरेलले आफ्ना संकल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा रास्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताए । उनले भने, “अब दाङबासी ज्ञापनपत्र बुझाउने ठाउँमा होइन बुझ्ने ठाउँमा हुनुपर्छ ।”

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi