Skip to content

काठमाडौं-५ मा आजपाका उम्मेदवार पौडेलद्वारा एमालेका पोखरेललाई समर्थनको घोषणा

nabil bank

काठमाडौं । आम जनता पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार रहेका कोमल पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई समर्थनको घोषणा गरेका छन् ।

समाजशास्त्री रहेका पौडेलले धापासीमा नेता पोखरेलको उपस्थितिमा आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधिनताको रक्षा, जन समस्याको समाधान र उन्नत राष्ट्र बनाउने तीव्र आकाङ्क्षा लिएर घरदैलोमा पुग्दा जनताको मत, आफ्नो भावनासँग मेल खाने उम्मेदवार पोखरेल पाइएकाले उनका लागि समर्थन र ऐक्यबद्धता रहने घोषणा गरे ।

उम्मेदवार पौडेलले देश र जनताको पक्षमा देशभरका एमालेका उम्मेदवारसँग सहकार्य गरेर सुरक्षित समृद्ध र बलियो राष्ट्र निर्माणमा योगदान गर्न आग्रह पनि गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi