काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले फागुन २१ गते हुने निर्वाचनबाट अतिवादीहरुलाई आउन दिन नहुने बताएका छन् ।
आज पोखरामा आयोजित चुनावी भेलामा सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘जेनजी आन्दोलनपछि हुने निर्वाचनले २ खालको अतिवादलाई पोषण गर्न सक्ने खतरा रहेको छ’ उनले भने ‘भदौ २३ र २४ गते केही भएको होइन भन्ने एउटा अतिवाद र त्यही अर्को मौका छोपेर सिंहदरबार जलाउन लगाउँने, त्यही मौका पारेको आफै जेलबाट भाग्ने अतिवाद भोली पनि आउन सक्छ ।’ उनले त्यस्तो समय आउन दिन नहुने संकेत गरे ।
कार्यक्रममा उनले त्यसका लागि सबै नेता कार्यकर्तालाई गाँउ गाँउमा पुगेर निर्वाचनका लागि एक भएर जुटन आग्रह गरे । उनले पोखरामा पर्यटक आउँदा परिवरीका पहाडले पनि त्यसको लाभ लिन सक्ने खाजको विकास गनुर्ने धारणा राखे ।
निर्वाचनपछि कांग्रेसको सरकारको बनेको खण्डमा त्यो सम्भव हुने उनको दाबी छ ।











प्रतिक्रिया दिनुहोस्