काठमाडौं । श्री स्टील्स उद्योगले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँ दरले ३३ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले बिक्री प्रबन्धकका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
श्री स्टील्सले टीएमटी रिबार उत्पादन गरिरहेको छ ।











प्रतिक्रिया दिनुहोस्