Skip to content

जीवन बीमा कम्पनीहरूको व्यवसाय १६ अर्ब माथि, अग्रस्थानमा नेपाल र नेशनल लाइफ  

nabil bank

काठमाडौं ।  जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय १३.२८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरूले गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको ७ महिनासम्म आउँदा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले माघ महिनासम्म चार अर्ब ८ करोड ३५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

यसैगरी, सबैभन्दा धेरै व्यवसाय विस्तार गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले चालु आवको माघ महिनासम्म एक अर्ब ९३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।  यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सले एक अर्ब ८१ करोड ४९ लाख रुपैयाँ, एलआइसी नेपालले एक अर्ब ८१ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले एक अर्ब २७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ ।

यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९९ करोड ५२ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सले ९२ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिटिजन लाइफ इन्स्योरेन्सले ६९ करोड ८८ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ६७ करोड ८० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड ९८ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको प्राधिकरणले जनाएको छ।

माघ महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० करोड ४४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४५ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले माघ महिनामा ३८ करोड ३५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi