Skip to content

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष र सञ्चालकलाई राष्ट्र बैंकले सोध्ने पुनः स्पष्टीकरण, पेश नगरे थप कारबाही हुने

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई स्पष्टीकरण पेश गर्न पुनः निर्देशन दिएको छ।

वित्तीय संस्था सुपरीवेक्षण विभागले सूचना जारी गर्दै बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. ओम प्रकाश मिश्र तथा सदस्यहरू युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत र निसार अहमद दर्जीलाई १० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८२ असोज २८ गते १५ दिन समय दिएर अध्यक्ष र सञ्चालकलाई पदबाट बर्खास्त गर्नु नपर्ने कारण १५ दिनमा पेशगर्न निर्देशन दिएको थियो । उक्त समयमा स्पष्टीकरण माग गरिए पनि तोकिएको अवधिमा सम्बन्धित व्यक्तिहरूबाट कुनै जवाफ नआएकाले पुनः सूचना जारी गरिएको जनाइएको छ ।

दोस्रो चरणमा बैंकका अध्यक्ष र सञ्चालकहरुले नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभाग, नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालय वा व्यवस्थापन समूह, कर्णाली डेभलपमेन्ट बैंक, केन्द्रीय कार्यालय, नेपालगञ्ज, बाँकेमा पेश गर्न सक्नेछन् ।

तोकिएको समयमा स्पष्टीकरण पेश नगरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi