काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान साढे ८ बजे आइपीओको बाँडफाँड हुने भएको हो ।
आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाडफाँड हुनेछ ।
कम्पनीले फागुन ५ देखि ११ गतेसम्म निष्कासन गरेको आईपीओमा २७ लाख ६ हजार ८७९ जना लगानीकर्ताले ३ अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँको ३ करोड एक लाख ३७ हजार १२० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आर्इपीओ एक लाख २८ हजार ६५० लगानीकर्तालाई १०(१० कित्ताका दरले पर्ने छ भने बाँकीको हात खाली हुने छ ।











प्रतिक्रिया दिनुहोस्